नेकपा माओवादी वहिस्कारका कारण चल्न नसकेको व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न आयोजित प्रमुख तीन दलको वैठक स्थगित भएको छ । असार १६ गते बसेको २४ दलको वैठकमा १७ गते विहान ९ बजे माओवादी काँग्रेस र एमालेको वैठक बस्ने तय भएको थियो । एमालेका महासचिव इश्वर पोखरेलका अनुसार माओवादी अध्यक्ष पुष्पकमल दाहाल चितवनमा रहेकाले वैठक बस्न नसकेको हो ।
Thursday, July 2, 2009
Tuesday, June 30, 2009
नेपालमा पनि स्वाइन फ्लु पाईयो !
स्वाइन फ्लु भेटिएका नेपाली महिलाको उमेर ३८ र पुरुषको उमेर ४० वर्ष छ। लामो समयदेखि अमेरिकाको भर्जिनियामा कामदार भिसामा रहँदै आएका उनीहरु असार असार ७ गते दोहा हुँदै नेपाल प्रवेश गरेका थिए। विमानस्थलमा रहेको हेल्थ डेस्कमा तत्काल जाँच गर्दा रोग नदेखिएको र कुनै लक्षण देखापरेमा सम्पर्क राख्न दिइएको जानकारीका आधारमा बालकमा ज्वरो र घाँटी दुख्ने समस्यापछि उनीहरु ९ गते टेकु अस्पताल पुगेका थिए। गत अप्रिल २९ देखि नै सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थडेस्क राखेर स्वाइन फ्लु देखा परेका देशबाट आएका मानिसको स्वास्थ्य परीक्षण सुरु गरेको थियो।
आठ वर्षे ती बालकमा असार १० गते गरिएको प्रथम परीक्षणबाट एचवानएनवान पोजेटिभ भेटिएको थियो। बालकमा पोजेटिभ देखिएपछि सँगै आएका बाबुआमा र भाइलाई बोलाएर उपचार र परीक्षण गरिएको हो।
投稿者
Lokatantra
場所
Tuesday, June 30, 2009
0
コメント
この投稿へのリンク
Friday, June 26, 2009
माइकल ज्याक्सन रहेनन्
काठमाडौँ, असार १२ (एजेन्सी)- प्रख्यात पप गायक माइकल ज्याक्सनको आज बिहान मृत्यु भएको छ। उनी ५० वर्षका थिए। लस एन्जलसस्थित आफ्नै निवासमा ह्रदयाघात भएका ज्याक्सनलाई अस्पतालमा लग्ने क्रममा मृत्यु भएको थियो। अंग्रेजी पप गायनलाई विश्वभर लोकप्रिय बनाएका कारण उनलाई 'पप सम्राट' पनि भन्ने गरिन्थ्यो। छालाको क्यान्सरसित जुध्दै गरेका ज्याक्सनले अर्को महिना लन्डनमा कन्सर्ट गर्ने तयारी गरिरहेका थिए।
投稿者
Lokatantra
場所
Friday, June 26, 2009
0
コメント
この投稿へのリンク
Tuesday, June 23, 2009
सरकार स्थायी नहुने चेतावनी
कार्यक्रममा सदभावना अध्यक्ष महतोले आफ्नो दलका कारण अन्य मधेशी दल सरकारमा नगएको भने स्विकारेनन् । उनले सरकारमा सहभागिताकै कारण बिभाजित भएकाले मधेशी जनअधिकार फोरम सरकारमा जाने तर आफ्नो दल सम्मानजनक स्थान नपाए बाहिरै बस्ने दोहोर्याए ।
投稿者
Lokatantra
場所
Tuesday, June 23, 2009
0
コメント
この投稿へのリンク
Friday, June 19, 2009
मन्त्रिपरिषदले पुराना निर्णय उल्टायो
投稿者
Lokatantra
場所
Friday, June 19, 2009
0
コメント
この投稿へのリンク
Tuesday, June 16, 2009
सदनमा माओवादी अवरोध कायमै
投稿者
Lokatantra
場所
Tuesday, June 16, 2009
0
コメント
この投稿へのリンク
Friday, June 12, 2009
नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको निधन
काठमाडौं, जेठ - नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यको ६५ बर्षको उमेरमा शुक्रबार बिहान ४:२५ मा उपचारका क्रममा त्रि बि शिक्षण अस्पतालमा निधन भएको छ। उनी लामो समयदेखि अल्जाइमर्स र निमोनियादबाट पीडित थिइन्।घरमै बसेर स्वास्थ्य लाभ गरिरहेकी आचार्यले असजिलो महसुस गरेपछि बुधबार उनलाई अस्पताल पुर्याइएको थियो। नेतृ आचार्यको शव अन्तिम श्रद्धान्जलिका लागि विहान ९ बजेदेखि १२ बजेसम्म कांग्रेस पार्टी कार्यालय सानेपामा राखिने छ । त्यसपछि साँढे १२ बजे पशुपति आर्यघाटमा उनको अन्तिम संस्कार गरिने छ । आचार्य नेपालको पहिलो महिला उपप्रधनमन्त्री हुन्। वि.सं. २०१७ सालमा राजालाई कालो झण्डा देखाएकाले ३ वर्ष जेल बिताउने आचार्य वि.सं. २०४८ सालकोआमनिर्वाचनमा मोरङ जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधिसभामा निर्वाचित भईकरीब १ वर्ष कृषि वन तथा भू-संरक्षण मन्त्री रहिन्।गिरिजाप्रसाद कोइरालाका नेतृत्वको सरकारमा कृषि मन्त्री रहँदा सरकारमा भ्रष्टाचार व्याप्त छ भनी उनले मन्त्रीबाटै राजीनामा दिएकि थिइन्। वि.सं. २०५१ सालकोमध्यावधि निर्वाचनमा उनी पुनः मोरङ क्षेत्र नं. ७ बाट प्रतिनिधिसभामा निर्वाचित भईन् ।
२०५३ सालमा उनी उप प्रधानमन्त्री तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनको जन्म वि.सं. २००१ सालमा मोरङ जिल्लाको विराटनगरमा भएको थियो। समाजशास्त्रको स्नातकोत्तर तह सम्म अध्ययन गरेकी आचार्य कांग्रेस संस्थापक नेता बी.पी. कोइराला तथा सभापति गिरिजाप्रसाद कोइरालाकी भान्जी हुन्।
आचार्य बिपीका पिता कृष्णप्रसाद कोइरालाले जेठी पत्नीकी छोरी इन्दिराकी छोरी हुन्। कृष्णप्रसाद कोइरालाकी कान्छी दिव्या कोइरालाबाट बी.पी., केशव कोइराला, तारिणीप्रसाद कोइराला र गिरिजाप्रसाद कोइराला जन्मिएका हुन्।
投稿者
Lokatantra
場所
Friday, June 12, 2009
0
コメント
この投稿へのリンク
Thursday, June 4, 2009
सुजाता परराष्ट्र र अन्य सबै मन्त्री बिना विभागीय
काठमाडौं, जेठ २१- मन्त्रिपरिषद्मा थपिएका नेपाली कांग्रेस र मधेशी जनअधिकार फोरमका नेताहरुलाई प्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार साँझ सपथ गराउने भएका छन्। नेकपा एमालेले भने बिहीबार पनि आफ्ना तर्फबाट जान मन्त्रीहरुको टुंगो लगाउन सकेन।
मन्त्रिपरिषद्को दोस्रो चरणको विस्तारमा दिनभर व्यस्त प्रधानमन्त्री नेपालले कांग्रेसका तर्फबाट मन्त्रिपरिषदमा सिफारिस भएका सुजाता कोइराला, मिनेन्द्र रिजाल, प्रकाशशरण महत, बालकृष्ण खाँड, उमाकान्त चौधरी र पूर्णकुमार शेर्मा तथा फोरमका विजय गच्छदारलाई सपथ गराउने कार्यक्रम छ।
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तका अनुसार बिहीबार राति ८ बजे राष्ट्रपतिको कार्यालयमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम हुनेछ। प्रधानमन्त्रीका तर्फबाट साँझ सात बजेको समय माग भए पनि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको समय ८ बजेलाई दिएको हो।
बिहीबार घोषित मन्त्रीहरुमा सुजाता कोइरालालाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अन्य सबै मन्त्रीलाई तत्कालका लागि बिना विभागीय मन्त्री बनाइएको छ।
एमालेले पार्टी कार्यालय वल्खुमा मधेशी जनअधिकार फोरमका नेता विजय गच्छदारसँग छलफलपछि पन्तले उक्त जानकारी दिएका हुन्।
प्रधानमन्त्री नेपाल निकट स्रोतका अनुसार बिहीबार दोस्रो चरणको मन्त्रिपरिषद् विस्तार हो भने यसपछि फेरि अन्य साना दलहरुलाई समेटेर अर्को चरणको मन्त्रिपरिषद् विस्तार हुने छ।
एमाले सचिव शंकर पोख्रेलले सबै दलबाट मन्त्रीहरुका नाम आइनसकेकाले पार्टीको तर्फबाट जाने मन्त्रीहरुको नाममा बिहीबार पनि टुंगो नलागेको बताए। उनले तेस्रो चरणको मन्त्रिपरिषद् विस्तारमा एमालेबाट सरकारमा जाने थप मन्त्रीहरुको टुंगो लाग्ने जानकारी दिए।
投稿者
Lokatantra
場所
Thursday, June 04, 2009
0
コメント
この投稿へのリンク
Monday, June 1, 2009
भारतमा आय बढ्यो
投稿者
Lokatantra
場所
Monday, June 01, 2009
0
コメント
この投稿へのリンク
Monday, May 25, 2009
प्रधानमन्त्रीद्वारा सपथ ग्रहण, बिद्या रक्षा, पाण्डे अर्थ
१२ जेठ, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री माधवकुमार नेपालले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपतिसमक्ष पद तथा गोपनियताको सपथ लिएलगत्तै प्रधानमन्त्रीले सिंहदरवारमा पदवहाली गर्नुभएको हो । प्रधानमन्त्री निर्वाचित भएको तीन दिनपछि आज बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा आयोजित बिशेष समारोहमा नेपालले राष्ट्रपति डा। रामबरण यादवबाट पद तथा गोपनियताको सपथ लिनुभएको हो ।दौरा सुरवाल र भादगाउँले टोपीसहित राष्ट्रिय पोशाकमा उपस्थीत प्रधानमन्त्री नेपाललाई त्यस्तै पोशाकमा उपस्थित राष्ट्रपतिले सपथ गराउनुभएको थियो । सपथका क्रममा राष्ट्रपतिले इश्वरका नाममा भन्ने शब्द उल्लेख गरेपनि प्रधानमन्त्री नेपालले भने सो शब्द उच्चारण गर्नुभएन् ।
समारोहमा उपराष्ट्रपति परमानन्द झा, सभामुख सुवाषचन्द्र नेम्वाङ, सत्तासाझेदार राजनीतिक दलका नेताहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुख तथा संवैधानिक अंगका प्रमुखहरुको उपस्थीति थियो । नयाँ सरकार निर्माणप्रति असहमति र बिरोध जनाएको एकीकृत नेकपा माओवादीका नेता नरायणकाजी श्रेष्ठ प्रकाशसमेत समारोहमा उपस्थीत हुनुुहुन्थ्यो ।
प्रधानमन्त्री नेपालले तत्कालका लागि पार्टीका दुई नेतालाई मन्त्री नियुक्त गर्नुभएको छ । दुवैलाई आजै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्री नेपालले सपथ ग्रहण गराउनुभयो ।
नयाँ मन्त्रीमण्डलमा एमाले उपाध्यक्ष बिद्या भण्डारीलाई रक्षामन्त्रालय र नेता सुरेन्द्र पाण्डेलाई अर्थमन्त्रालयको जिम्मेवारी तोकिएको छ । सपथ लिएलगत्तै संचारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री सुरेन्द्र पाण्डेले असार महिनाभित्रै बजेट ल्याइने जानकारी दिनुभयो ।
मधेसी जनाधिकार फोरम र नेपाली कांग्रेसबाट समेत एक एक सदस्य सहभागी बनाई सानो मन्त्रीपरिषद बनाउने तयारी गरिएको भएपनि कांग्रेस र फोरमले आफ्नो प्रतिनिधिको टुंगो लगाउन सकेनन् ।
投稿者
Lokatantra
場所
Monday, May 25, 2009
0
コメント
この投稿へのリンク
Sunday, May 24, 2009
नेतृत्व बारे कांग्रेसमा विवाद
नेपालको प्रस्तावक नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला थिए। उनलाई २१ दलको औपचारिक समर्थन रहेका छन्। आफ्नो उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग नेपालले कुनै प्रतिक्रिया दिएनन्। 'म सपथ ग्रहणपछिमात्र बोल्छु'- नेपालले भने। नेपालले मंगलबार मात्रै शपथ लिनेछन्।
प्रधान सेनापति रुक्माङ्द कटवाललाई पदमा बहाल रहन राष्ट्रपतिले दिएको निर्देशन नसच्चाएसम्म माओवादीले नयाँ सरकार गठनको प्रक्रियामा सहभागी नहुने भन्दै उम्मेदवारी नदिने र मतदान बहिस्कार गर्ने बताएको छ। माओवादी संसदीय दलका उपनेता नारायणकाजी श्रेष्ठले सदनलाई सम्बोधन गरेपछि माओवादी सभासदले सदन बहिष्कार गरेर बाहिरिएका थिए। उनले सैनिक सर्वोच्चता स्थापित गर्न गठन हुन लागेको सरकारलाई समर्थन नरहने प्रस्ट पारे।
मेरो कुरा प्रचन्डसम्म पुगोस् : कोइरालानेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले व्यवस्थापिकाको शनिबारको बैठकमा कसैलाई होच्याएर शक्तिशाली हुन नसकिने बताए। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार गरेको भाषणप्रति इंगित गर्दै उनले भने- ‘गाली गरेर कसैलाई होच्याएर शक्तिशाली भइन्न ।' उनले सहमति, सहकार्य र एकता अहिलेको पनि आवश्यकता भएको दोहोर्याउदै पुनः नयाँ सहमतिका लागि तयार हुन माओवादी अध्यक्ष दाहाललाई आग्रह गरे।नेता नेपाललाई हारेको ब्यक्ति भनेर होच्याएकोमा गुनासो गर्दै कोइरालाले थपे,- ‘सहमति, सहकार्य र एकतामा कसैले पनि हार्दैन ।' सहमतिका लागि आफू अझै पनि सकृय रहने उल्लेख गर्दै कोइरालाले शान्तिप्रकृया टुंगोमा पुग्ने बेलामा सहमतिबाट टाढा नजान माओवादीलाई आग्रह गरे।
बनेन् साझा कार्यक्रमनयाँ सरकारका न्यूनतम साझा कार्यक्रम तय नहुँदा अन्य दलहरु सरकारमा सहभागी हुने/नहुने निर्णय अझै नभएकाले मन्त्रिपरिषद गठन केही दिन ढिला हुने भएको छ। 'नयाँ सरकारका सहयात्री दलहरुबीच सरकारको साझा कार्यक्रम र कुन दलबाट कतिजना मन्त्रिपरिषदमा सहभागी हुने निर्णय गर्न बाँकी छ'- एमाले सचिव शंकर पोखरेलले भने। उनले मन्त्रिपरिषद गठन गर्न कम्तिमा एक साता लाग्ने बताए। सरकारको न्युनतम साझा कार्यक्रम बारे दलहरुबीच सामान्य छलफल समेत हुन सकेको छैन।
कांग्रेसमा विवादमाधव नेपाललाई प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गरेको नेपाली कांग्रेसभित्र कुन नेताको नेतृत्वमा सरकारमा सामेल हुने भन्नेमा विवाद देखिएको छ। कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता भए पनि तयसको असर भने पार्टीभित्र जीवितै छ। स्रोतका अनुसार नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह वा गोपालमान श्रेष्ठको नेतृत्वमा सरकारमा सहभागी हुनुपर्ने अडानमा छन्। कोइराला भने रामचन्द्र पौडेलको नेतृत्वमा सरकारमा सहभागी गराउने पक्षमा भएको स्रोतको दाबी छ। पौडेल नेतृत्वमा सरकारमा जान नहुने पक्षमा कोइराला पुत्री सुजाता सक्रिय भएको पनि स्रोतको दाबी छ।
धेरै मन्त्री बनाउन फोरमको कसरत
फोरम संसदीय दलका नेता विजयकुमार गच्छदारको नेतृत्वमा सरकारमा सहभागी हुने सम्भावना बढी छ। गच्छदारले आफ्नै नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय संसदीय दलबाट पारित गराइसकेका छन्। उता अध्यक्ष उपेन्द्र यादवले भने धेरै मन्त्री बनाउनुपर्ने संकेत सार्वजनिक रुपमै गरे। दलको तर्फबाट सरकारमा लिङ्गीय, जातीय र क्षेत्रीय आधारमा मन्त्रीहरु बनाइनुपर्ने भन्दै उनले मेचीदेखि कालीसम्मका मधेसीले समानुपातिक प्रतिनिधत्व हुनुपर्ने बताएका छन्।
投稿者
Lokatantra
場所
Sunday, May 24, 2009
0
コメント
この投稿へのリンク
Monday, May 18, 2009
एलटीर्टइद्वारा पराजय स्वीकार, प्रभाकरणको मृत्यु
投稿者
Lokatantra
場所
Monday, May 18, 2009
0
コメント
この投稿へのリンク
Tuesday, May 12, 2009
कटवालबारे निर्णय लिनुअघि भारतीय नेतृत्वलाई मनाउन चाहन्थें - माओवादी अध्यक्ष तथा कामचलाउ प्रधानमन्त्री दाहाल
投稿者
Lokatantra
場所
Tuesday, May 12, 2009
0
コメント
この投稿へのリンク
'मधेस एक प्रदेश मान्नेलाई समर्थन'
उनीहरुले भनेका छन् १६ फागुन, ०६४ को सम्झौताप्रति सकारात्मक देखिने दललाई समर्थन हुनेछ। मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र नेपाल सद्भावना पार्टी रहेको संयुक्त मधेसी लोकतान्त्रिक मोर्चाको बैठकले निष्कर्ष निकाल्यो- माओवादी र एमाले मधेस एक प्रदेशबारे गम्भीर छैनन्।
सरकार गठन प्रक्रियामा 'बार्गेनिङ पावर' आफ्नो हातमा परेको बुझेपछि मधेसवादी दलले सरकारसँग भएका सम्झौता उठाएका हुन्। सरकार निर्माणका लागि मोर्चाले अहिलेसम्म कसैलाई समर्थन नदिएपछि सरकार निर्माण प्रक्रियाले गति पाउन सकिरहेको छैन।
यी तीन दलको संविधानसभामा ८२ स्थान छ। उनीहरुको समर्थन निश्चित भए राजनीतिक समीकरणले दिशा पाउनेछ।
मोर्चाले अहिले उठाएको १६ फागुनको सहमतिमा चुरो नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हुने र मधेससहित सबै प्रदेश स्वायत्त हुने उल्लेख छ। कोइराला सरकारसँग त्यतिबेला भएको सहमतिलाई हालका प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालै स्वागत गरेका थिए। 'मधेस समस्या समाधानका लागि भएको सहमति ऐतिहासिक हो'- सहमतिबारे दाहाललको टिप्पणी थियो।
तर ९ महिनासम्म दाहाल नेतृत्वको सरकारसँगै रहेको फोरमले समेत आफ्नो नयाँ समर्थन १६ फागुनको सहमतिमा आधारित हुने स्पष्ट संकेत गरेको छ।
投稿者
Lokatantra
場所
Tuesday, May 12, 2009
0
コメント
この投稿へのリンク
Monday, May 4, 2009
प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राजिनामापत्र
प्रधानमन्त्रीले पदबाट राजीनामा दिएको घोषणा गरेपनि लोकतान्त्रिक पद्धति तथा शान्तिप्रक्रियाप्रति भने आफ्नो प्रतिबद्धता जारी रहने उल्लेख गरे । प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा सेनामाथि नागरिक सर्वोच्चता कायम गर्न सरकारको आदेश पटक पटक नमानेका प्रधानसेनापति रुक्माङ्गद कटवालमाथि कारवाही गरिएको बताए । 'कथित सत्ता कब्जाको हौवा खडा गरेर राष्ट्रपतिलाई उक्साउने आधारभूमि तयार गरियो' प्रधानमन्त्रीले भने ।
सम्वोधनमा प्रधानमन्त्रीले प्रधानसेनापति कटवालाई बर्खास्त गर्ने सरकारको निर्णयको बिपक्षमा राष्ट्रपति उभिनुले शिशु लोकतन्त्रमाथि घातक प्रहार भएको बताए । राष्ट्रपतिलाई स्वतन्त्र निर्णय गर्ने अधिकार नरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्वोधनमा भने, 'प्रधानसेनापति प्रकरणमा अन्तराष्ट्रिय शक्तिकेन्द्रको दृष्य, अदृष्य चलखेल देखियो, हाम्रो आन्तरिक मामलामा बिदेशी हस्तक्षेप हामीलाई किमार्थ स्विकार्य छैन ।
投稿者
Lokatantra
場所
Monday, May 04, 2009
0
コメント
この投稿へのリンク
